free website hit counter

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ

beemaadmin
२०७९ फाल्गुन ३, बुधबार

काठमाडौं । सुनको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । फागुन ३ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन तोलामा पाँच रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार १०० रुपैयाँमा झरेको छ । मंगलबार पनि सुन तोलामा २०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार २९५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार

बीमा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

कक्षा १२ को परीक्षा नरोकिने

beemaadmin
२०८२ बैशाख ९, मंगलवार

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ बैशाख ९, मंगलवार