free website hit counter

लगानीको क्षेत्र खुला भयो : सिलवाल

beemaadmin
२०८० भाद्र ३, आईतवार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । काठमाडौँमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्याङ्कहरूको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेको हो, यो समग्र बीमाकम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बीमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ । लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोहीअनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्ड बमोजिम कम्पनीहरूले काम गर्नुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिक रूपमा पहल गर्नुपर्छ । अध्यक्ष सिलवालले संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरू दोहोरिन नदिन, जोखिमको प्रतिविद्धतालाई तलमाथि पर्न नदिन, कूल गार्हस्थ उत्पादनमा योगदान बढ्ने गरी लगानी गर्न, बजार विश्लेषण गरेर शाखा खोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानी गर्न र साना बीमा दाबी प्रदेश कार्यालयबाट नै दिनेगरी अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कानुनबाट प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरूलाई दिने सुविधा, कोरोना बीमाको बाँकी दाबी भुक्तानी र कृषि बीमा अनुदानका बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको जानकारी दिए । बीमा कम्पनीहरूले एउटै समस्या पटक पटक दोहोर्‍याएमा, अस्वस्थ प्रतिस्पर्धा जारी राखेमा र प्रचलित कानुनको उल्लङ्घन गरेमा कारबाहीको विकल्प नहुने उल्लेख गर्दै उनले बीमाकम्पनीहरू १० वर्षसम्ममा पनि न्यून आयभएका बर्ग एवम् सीमान्तकृत समुदायमा नपुगेकाले त्यसको जिम्मेवारी लघुबीमा कम्पनीहरूलाई दिइएको बताए ।नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूको स्थलगत निरीक्षणबाट देखिएका समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा, उधारो बीमा नियन्त्रण, कृषि बीमा, लगानी विविधीकरण लगायतमा केही सुधारहरू देखिए पनि अझै समस्याहरू रहेको स्थलगत निरीक्षणबाट देखिएको उल्लेख गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले निर्जीवन बीमा व्यवसाय सञ्चालनमा देखिएका समस्याहरू सम्बन्धी प्रस्तुति गरेका थिए ।
यसैगरी, नेपाल बीमक सङ्घका उपाध्यक्ष वीरेन्द्र बैदवारले निर्जीवन बीमा कम्पनीका विद्यमान चुनौतीहरू सम्बन्धी प्रस्तुति पेस गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल, प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), नेपाल बीमक सङ्घका पदाधिकारी, निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार