free website hit counter

लघुबीमाले कहाँ गर्छ लगानी ? यी हुन् तोकिएका क्षेत्र

beemaadmin
२०८० भाद्र २, शनिबार

काठमाण्डौ । लघु बीमाको आवश्यकता औंल्याउँदै नेपाल बीमा प्राधिकरणले सात वटा नयाँ लघुबीमा कम्पनीलाई कारोबार अनुमति दिएर कारोबार पनि थालिसकेका छन् । लघु बीमकले लगानी गर्न पाउने क्षेत्र पनि नियामक निकायले तोकिदिएको छ। प्राधिकरणले लघु जीवन बीमकको निर्देशन, २०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ मा लगानी गर्न पाउने क्षेत्रबारे प्रस्ट उल्लेख गरेको छ। हाल चारवटा लघुबीमा कम्पनीहरुमात्रै सञ्चालनमा रहेका छन्। ३ वटा निर्जीवन र ४ वटा जीवन गरी कुल ७ वटाले लघुबीमाको लाइसेन्स पाएपनि हाल दुई जीवन लघुबीमा र दुई निर्जीवन लघुबीमा कम्पनी मात्रै सञ्चालनमा रहेका छन्। सञ्चालनमा रहेका गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेसनल माइक्रो र प्रोटेक्टिभ इन्स्योरेन्सले सीमित क्षेत्रमा मात्रै लगानी गर्न पाउनेछन्।

जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र

  • नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्र
  • नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “क” वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप
  • नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  • नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ग” वर्गको बैँक तथा वित्तीय सस्थामा राखिएको मुद्दति निक्षेप
  • नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिवेन्चर र ऋणपत्र
  • नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पवलिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र
  • नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पव्लिक लिमिटेड कम्पनीको साधारण सेयर
  • नागरिक लगानी कोष तथा म्युचुअल फन्डका लगानी योजनाहरु

निर्जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र

  • नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र
  • नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्रप्त “क” वर्गको बैंक तथा पुर्वाधार विकास बैंको मुद्दति निक्षेप
  • नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  • नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  • नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तिय संथाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्र
  • नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र
  • नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर
  • नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार