free website hit counter

लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरमा लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवीहरुको बाक्लो उपस्थित रहेको थियो ।
नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको वर्ग सम्म लघु बीमाको पहुच विस्तार गरी न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सम्भावित जोखिमबाट सुरक्षा प्रदान गरी गरिबी घटाउने र लघु बीमा बारे जन चेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कार्यक्रमका सभापति एवम् नेपाल बीमक संघका कृष्ण न्यौपानले कार्यक्रमका उद्देश्यहरुका बारेमा जानकारी गराए भने नेपाल ईन्स्योरेन्सका चन्द्रनाथ उप्रेतीले लघु बीमाको परिचय, उद्देश्य,महत्व, प्रभावकारीता लघु बीमा प्रकार , जोखिम वहन, बीमालेख जारी लगायत दावी भुक्तानी प्रक्रियाहरुका सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार