free website hit counter

लन्डनको व्यस्त सडकमा नाङगो मान्छे दौडिए….

beemaadmin
२०७७ फाल्गुन १६, आईतवार

एजेन्सी । मान्छेको दिमागले पनि के के मात्रै सोच्न भ्याउँछ । चर्चामा आउने नाममा मानिसले के मात्रै गर्दैनन् । राजधानीको सडकमा एक जना सर्वाङ्ग नाङगो मान्छे दौडिएपछि उनलाई समात्नको लागि पुलिस पछिपछि दौडिएको रोचक घटना अहिले चर्चामा छन् ।

सडकमा ती व्यक्ति नाङ्गै दौडिइरहेको देखेपछि स्थानीयले पुलिसलाई बोलाएका थिए । पुलिस आएपछि २९ वर्षका रस स्प्रङहाम अघिअघि र पुलिस पछिपछि दौडिएका थिए । तीन जना पुलिस अधिकारीहरुले रसलाई लखेटिरहेका थिए ।

द सनका अनुसार पश्चिम लण्डनको नटिङ हिलमा भएको यो अनौठो खेदाइलाई ३९ वर्षीय डेलिभरी साइकल चालक पेड्रो लुलाले भिडियो खिचेका थिए। उनले भने– म बाइकमा थिएँ, मैले माथि हेरें र एक जना नाङ्गो मानिस दौडिरहेको देखें । मेट पुलिसका एक प्रवक्ताले भने ‘एक जना मानिस सडकमा नाङ्गै हिँडिरहेको रिपोर्ट आएपछि आइतबार, फेब्रुअरी २१ का दिन वेस्टवे बीटुमा प्रहरीलाई बोलाइएको थियो ।

अफिसरहरू र लण्डन एम्बुलेन्स सेवा पनि त्यहाँ पुगेका थिए । लण्डन एम्बुलेन्स सर्भिसले उनलाई समातेपछि ती व्यक्तिलाई गिरफ्तार गरियो र मध्य लण्डनको प्रहरी चौकीमा हिरासतमा राखिएको छ । कुनै निश्चित ठेगाना नभएका स्प्रिङहामलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा अभद्र व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई पुलिस हिरासतमा पठाइएको छ र अर्को महिना सजाय सुनाइनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार