free website hit counter

लागि ११२८ जना सर्भेयरको लाइसेन्स ३ वर्षका लागि नवीकरण (सूचिसहित)

beemaadmin
२०८० श्रावण २५, बिहीबार

काठमाण्डौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८० वैशाखदेखि २०८२ चैत मसान्तसम्मका लागि नवीकरण भएका बीमा सर्भेयरहरुको लाइसेन्स विवरण तयार पारेको छ। प्राधिकरणले क, ख, ग र घ गरी ४ वटा वर्गमा छुट्याई नवीकरण भएका बीमा सर्भेयरहरुको लाइसेन्स विवरण तयार पारेको हो।
बीमा सर्भेयर निर्जीवन बीमा व्यवसायका लागि एक महत्वपूर्ण अंग हुन्। सर्भेयरले घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरेपछि मात्रै बीमकले बीमितलाई दाबी भुक्तानी गर्ने गर्दछ। प्राधिकरणले बीमा मध्यस्थकर्ता र सर्भेयरको लाइसेन्स वितरणमा कडाइ गरेसँगै अभिकर्ता तथा सर्भेयरहरु फिल्टर भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार कुल १ हजार १२८ जना सर्भेयरहरुको लाइसेन्स २ वर्षका लागि रिन्यु भएको छ। जसमा क वर्गका ५५ जना, ख वर्गका ५२ जना, ग वर्गका १३८ जना र घ वर्गका ८८३ जनाको सर्भेयरको लाइसेन्स नवीकरण भएको हो।
निर्जीवन बीमकले बीमितलाई अनिवार्य रुपमा क्षतिपूर्ति गर्नुपर्ने हुन्छ वा दाबी भुक्तानी गर्नुपर्ने हुन्छ। यसका लागि बीमकले के–कसरी क्षति भयो भन्ने कुराको मूल्यांकन गर्न कुनै एक व्यक्ति वा संस्थालाई सर्भेयरका रुपमा खटाएको हुन्छ। प्राधिकरणले सर्भेयर बन्नका लागि पनि अनुभव तथा शैक्षिक योग्यता तोकिदिएको छ। बीमा ऐन, २०७९ मा इजाजतपत्र अवधि जारी भएको मितिले तीन वर्षको हुने व्यवस्था भएबमोजिम १ हजारभन्दा बढी सर्भेयरको लाइसेन्स ३ वर्षका लागि नविकरण भएको हो। यसअघि बीमा अभिकर्ता र बीमा सर्भेयरको इजाजतपत्रको अवधि १ वर्षको हुने व्यवस्था थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार