free website hit counter

लिंगमै लागूऔषध छर्किएर प्रेमिकाको हत्या, ३९ लाख हर्जना, ९ वर्ष जेल

beemaadmin
२०७७ चैत्र १, आईतवार

एजेन्सी । अपराधका तरिका पनि अपराधीपिच्छे फरक र नयाँ नयाँ देखिन थालेको छ । आफ्नो लिंगमा लागूऔषध कोकिन छर्किएर प्रेमिकाको हत्या गरेका एक जना शल्यचिकित्सकलाई प्रेमिकाका पति र छोरालाई क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । उनले आफ्नो लिंगका कोकिन छर्किएका कारण उनकी प्रेमिका कोकिनको ओभरडोज भएर मरेकी थिइन् ।

यो अपराधको लागि ४५ वर्षका डा. आन्द्रेस डेभिड निदरबिचलरलाई ९ वर्षको जेल सजाय सुनाइसकिएको छ ।मेट्रोको रिपोर्टअनुसार उनकी प्रेमिका ३८ वर्षकी वोन्ने एम कोकिनको ओभरडोजका कारण मरेकी थिइन् । वोन्ने डा निदरबिचलरकी पूर्व बिरामी थिइन् र उनको डाक्टरसँग प्रेम सम्बनध पनि थियो । घटनाका दिन उनी डाक्टरसँग मुखमैथुन गर्दै थिइन् यही क्रममा उनी डाक्टरको जर्मनीको हल्बर्सटाड स्थित घरमा ढलेकी थिइन् । उनको पछि अस्पतालमा मृत्यु भयो ।

ती डाक्टरले कोकिनको यस्तो किसिमको प्रयोग यो घटनापूर्व पनि गरेको पछि खुलासा भएको थियो । उनले २०१५ को सेप्टेम्बरदेखि २०१८ को फेब्रुअरीको बिचमा अन्य तीन महिलालाई पनि लागूऔषध दिएर यौन शोषण गरेका थिए । डा निदरबिच्लरलाई जेल सजाय सुनाइएपछि वोन्नेको परिवारले अदालतमा अर्को मुद्दा हालेका थिए ।

म्याग्देबर्गले अहिले डाक्टरलाई दोषी ठहर गरेको छ र वोन्नेको परिवारलाई आर्थिक हर्जाना तिर्न आदेश दिएको छ । न्यायाधीश स्टेफी एवाल्डले डा निदरबिच्लरलाई बोन्नेको अन्तिम संस्कारवापत ७ हजार ३३७ पाउण्ड (करिब १२ लाख रुपैयाँ) तथा बोन्नेका पति र छोरालाई जीवनयापन खर्चवापत जनही ८ हजार ५ सय ८१ पाउण्ड (करिब १४ लाख रुपैयाँ) गरी कूल ३९ लाख रुपैयाँ हर्जाना तिर्न आदेश दिएका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार