free website hit counter

लिबर्टी माइक्रोलाइफ बीमालेख र प्रिमियम संकलनमा अग्रस्थान

beemaadmin
२०८२ आश्विन ४, शनिबार

धनगढी । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार लघु जीवन बीमा (माइक्रोलाइफ) व्यवसायमा लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। प्राधिकरणले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१-८२ तथ्यांकले यो कुरा पुष्टि गरेको हो। लिबर्टी माइक्रोलाइफका लागि सुदूरपश्चिम प्रादेशिक प्रमुख भीमराज अवस्थीका अनुसार, लिबर्टी माइक्रो लाइफले यस क्षेत्रमा बीमालेख संख्या र प्रिमियम संकलन दुवैमा अग्रणी स्थान कायम गरेको छ।

कम्पनीले यस प्रदेशमा आफ्नो सेवालाई सुदृढ बनाउँदै ग्रामीण र दुर्गम क्षेत्रमा समेत बीमाको पहुँच विस्तार गर्न सफल भएको छ। विशेषगरी, नेपालभरिकै उत्कृष्ट शाखाहरूमध्ये धनगढी शाखाले साउन र भदौ २०८२ मा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै पहिलो स्थान ओगट्न सफल भएको छ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमाका माध्यमबाट समाजका निम्न आय भएका वर्गलाई वित्तीय सुरक्षा प्रदान गर्दै आइरहेको छ। सुदूरपश्चिममा प्राप्त यो सफलताले कम्पनीलाई थप उत्साहित बनाएको र आगामी दिनमा अझ सशक्त ढंगले काम गर्ने प्रेरणा मिलेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार