free website hit counter

लिबर्टी माइक्रो लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ श्रावण ६, आईतवार

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारलाई बीमा दाबी वापतको रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो । ज्वरोले ग्रस्त भई रामरतीदेवी सदाको असार २ गते मृत्यु भएको थियो । उक्त दाबी वापतको रकम नगरपालिकाकी उपप्रमुख तारादेवी महतो, १२ र १४ नं का वडाध्यक्षहरू रामकिशोर साह तथा विजय महतो र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका महोत्तरी प्रमुख रवीन्द्र मिश्रले बुधबार मुसहर बस्तीमै पुगेर हस्तान्तरण गरेको हो । यो परिवार बीमा रकम पाउने मुलुककै पहिलो मुसहर समुदाय भएको दाबी गरिएको छ । सीमान्तकृत जातीमा पर्ने मुसहर समुदायको सुरक्षित भविष्य र सर्वाङ्गीण हितका लागि नगरपालिकाले बर्दिबास १०, १२ र १४ नं वडामा बसोबास गर्ने १८ देखि ६९ वर्ष उमेर समूहका ४५० जना मुसहरको प्रति व्यक्ति १ लाखका दरले वैशाख महिनामा लिबर्टी माइक्रो लाइफले ‘सामूहिक म्यादी लघु जीवन बीमा’ गरेको थियो । सोही स्किम बापत मृतक परिवारले पहिलोपटक बीमा रकम पाएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताए । बीमा रकम पाएपछि मृतक परिवारले राहत महसुस गरेको जनाइएको छ । मृतकका श्रीमान् परीक्षण सदाले काजक्रियामा लागेको २५ हजार जति ऋण तिर्न सहज भएको बताए । बाँकी रहेको रकमले औषधीमूलो गर्न र परिआएको बेलामा कसैसँग हात पसार्नु पर्ने स्थिति अन्त्य भएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार