free website hit counter

लुम्बिनीलाई १७ करोडको हकप्रद बेच्न अनुमति

beemaadmin
२०७६ आश्विन १६, बिहीबार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएसँगै हकप्रद र बोनस निस्कासनको प्रक्रियामा इन्स्योरेन्स कम्पनीहरु अगाडि बढिरहेका छन् । यसै क्रममा लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज ८ गते १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको जनाएको छ।
धितोपत्र बोडबाट अनुमति पाएसँगै असोज १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्न असोज २७ गते बुकक्लोज मिति निर्धारण गरेको छ ।
यसअनुसार कम्पनीको हकप्रद असोज २६ गते आइतबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनेछन्। असोज १५ गते धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार भएको छ।
हकप्रद बिक्री गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले यसअघि नै सीबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक तोकिसकेको छ। रेटिङ्ग एजेन्सी इक्रा नेपालले लुम्बिनीको १७ करोड ६० लाखको हकप्रद शेयरलाई औसत आधार जनाउने ग्रेड ३ रेटिङ्ग प्रदान गरेको छ।
एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा असार मसान्तसम्म बीमा समितिबाट निर्धारित एक अर्ब चुक्ता कायम गर्नुपर्ने अवस्थाको बीच हकप्रद जारी गनर्रपरेको कम्पनीको भनाई छ।
हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद जारी गरि एक अर्ब पाँच करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्नेछ।
कम्पनीको बैशाख २५ गते बुधबार सम्पन्न बिशेष साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशत आर्थात १०ः२ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार