free website hit counter

लुम्बिनी जनरलको संस्थापक सेयर लिलामीमा

beemaadmin
२०७९ जेष्ठ ६, शुक्रबार

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर यही जेठ १३ गतेबाट लिलामीमा राखिने भएको छ। कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राखिने भएको हो। लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यो लिलामी सेयरमा इच्छुक विद्यमान संस्थापक वा योग्य जोकोही व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो जेठ २७ गतेसम्म पेस गर्न सकिनेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार