free website hit counter

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ

beemaadmin
२०८३ कार्तिक ११, मंगलवार

रूपन्देही । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन्।

महाअभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार प्रहरीले खाँलाई मध्यराति घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो। लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिको विरोध गरेको विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको चौधरीले जानकारी दिए।

Advertisement
Advertisement

आनी छोइङ उपाध्यक्षमा नियुक्त भएदेखि नै लुम्बिनी बचाउ महाअभियानले त्यसको विरोध गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

Advertisement
Advertisement

महाअभियानले आफ्ना संयोजकलाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, खाँलाई बिनासर्त रिहा गर्न माग गरेको छ।

सम्बन्धित समाचार