free website hit counter

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. आचार्यको निधन

beemaadmin
२०७७ असार २, मंगलवार

काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जिएएन रिजनल हस्पिटलमा सेवारत ४६ वर्षीय आचार्य विगत ९ महिनायता घाँटीको क्यान्सरबाट पीडित थिए।
रुसको सेन्ट पिट्सवर्ग यूनिभर्सिटिबाट एमविविएस र चीनको चङचाउ यूनिभर्सिटिबाट एमडि उपाधी हासिल गरेका डा आचार्यले यस अघि वीर अस्पताल, जनमैत्री अस्पताल वालाजु, शंखरापुर अस्पताल जोरपाटी मोफसलका नेपालगन्ज मेडिकल कलेज, डोटी अस्पताल , लगायतका स्थानहरुमा सेवा गरेका थिए। धर्मपत्नी वरिष्ठ स्त्रीरोग विशेषज्ञ सविना आचार्यसँगको सहकार्यमा विभिन्न दुर्गम स्थानमा आङ खस्ने महिलाको निःशुल्क औषधोपचारमा संलग्न रहेका स्वर्गीय आचार्यका श्रीमती र दुई छोरीहरु रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार