free website hit counter

वाणिज्य बैंकहरुको दुई महिनाको नाफा १८ अर्ब नजिक

beemaadmin
२०८१ कार्तिक ५, सोमबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेप्सेमा सुचिकृत २० वटा वाणिज्य बैंकहरुले दुई महिनामा कूल १७ अर्ब ६९ करोड २० लाख रुपियाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्षको पहिलो महिना साउनमा ९ अर्ब १७ करोड रुपियाँ नाफा कमाएका बैंकहरुले पछिल्लो महिना थप ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
रिपोर्ट अनुसार ५ वटा बैंकले अर्बमाथि नाफा कमाएका छन् भने बाँकी १५ वटा बैंकले अर्ब तल नाफा कमाएका छन् । नेपाल बैंक– ६७ करोड ८२ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैंक– ८८ करोड ३ लाख रुपियाँ, नबिल बैंक– १ अर्ब ६६ करोड ६९ हजार रुपियाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– १ अर्ब ४१ करोड रुपियाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक– ६० करोड ६० लाख रुपियाँ, हिमालयन बैंक– १ अर्ब १६ करोड ८१ लाख रुपियाँ, एसबीआई बैंक– ५३ करोड ३० लाख रुपियाँ, एभरेष्ट बैंक– ८२ करोड ५५ लाख रुपियाँ, एनआईसी एसिया बैंक– ५७ करोड ७५ लाख रुपियाँ, माछापुच्छ्रे बैंक– ३९ करोड २५ लाख रुपियाँ, कुमारी बैंक– १ अर्ब ८ करोड ५० लाख रुपियाँ, लक्ष्मी सनराइज बैंक– ८६ करोड ४६ लाख रुपियाँ, सिद्धार्थ बैंक– ६० करोड ५६ लाख रुपियाँ, कृषि विकास बैंक– ८८ करोड ७० लाख रुपियाँ, ग्लोबल आईएमई बैंक– १ अर्ब ५६ करोड ६१ लाख रुपियाँ, सिटिजन इन्टरनेशनल बैंक– ५८ करोड ९८ लाख रुपियाँ, प्राइम कमर्सियल बैंक– ९७ करोड ४६ लाख रुपियाँ, एनएमबि बैंक– ७८ करोड २ लाख रुपियाँ, प्रभु बैंक– ९१ करोड ३२ लाख रुपियाँ र सानिमा बैंक– ६८ करोड ९२ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार