free website hit counter

वाणिज्य बैंकहरुले २ महिनामा कमाए १६ अर्ब बढी नाफा

beemaadmin
२०८० कार्तिक १, बुधबार

काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा वाणिज्य बैंकहरुको कुल नाफा साढे १६ अर्ब रुपैयाँ बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले साउन र भदौमा गरी कुल १६ अर्ब ६४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। यो दुई महिनाको अवधिसम्म ५ वटा बैंकले अर्ब माथि नाफा आर्जन गरेका छन् भने बाँकी १५ बैंकको कमाइ अर्बभन्दा तल रहेको छ। राष्ट्र बैंकको तथ्यांकले यो २ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। उच्च नाफा आर्जन गर्ने दोस्रो बैंकमा नबिल रहेको छ। नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। नाफा धेरै कमाउने नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन र कुमारी क्रमशः तेस्रोदेखि पाँचौँ स्थानमा छन्। नेपाल इन्भेस्टमेन्ट मेगाले १ अर्ब ४८ करोड रुपैयाँ, हिमालयनले १ अर्ब २३ करोड रुपैयाँ र कुमारीले १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। यो दुई महिनाको अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार