free website hit counter

वामदेवलाई फेरि रोक्दै प्रधानमन्त्री

beemaadmin
२०७७ भाद्र २०, शनिबार

काठमाडौं । बर्दियाबाटै संसद प्रवेश गर्नमा रोकिएका वामदेव गौतम साढे दुई वर्षको व्यग्र प्रतिक्षापछि बल्ल संसद छिर्ने ढोका खुलेको छ । वामदेव गौतमलाई सांसद बन्ने रहर सांसदमै मात्र सीमित रहनका लागि पक्कै होइन । नेकपाभित्रका विजय गच्छदार बनेका वामदेव सत्ता बाहिर रहनु पर्दाको पीडा भुल्न नसकेर संसद छिर्ने प्रयास गरेका हुन् । तर संसद छिरे पनि वामदेवलाई मन्त्रीमा भने रोक्ने प्रधानमन्त्रीको योजना रहेको छ ।
सचिवालय बैठकले आफूलाई घेराबन्दीमा पारेर वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गराउन बाध्य पारेको नदेखाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अख्तियार गर्नुभएको छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको दुई पटकको निर्णयलाई समेत वहाँले तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाउनु भएको छैन । बालुवाटारको शक्तिलाई कम नआँक्न उपाध्यक्ष गौतमलाई संविधान देखाएर भएपनि मन्त्री बन्नबाट रोक्ने सम्भावना रहेको स्रोतको दाबी छ । उता, खुमलटारलाई पनि सांकेतिक रूपले खतिवडाको बिरोध नगर्न अर्को पासा फ्याँक्ने अड्कल गरिएको छ । प्रधानमन्त्रीले अर्थमन्त्रालय आफूसँग राखेर छायाँ अर्थमन्त्रीको रूपमा युवराज खतिवडालाई नै परिचालन गर्ने मनशाय त्यसैको द्योतक हो । क्याबिनेट पुनर्गठन तत्काल नहुने र भएपनि एकाध मन्त्रीको मात्र जिम्मेवारी हेरफेर गर्ने सङ्केत गर्नुले अर्को क्याम्पमा रहेर मन्त्री बन्न खोजेकाहरूलाई सबक दिन खोजिएको बताइन्छ । प्रधानमन्त्रीको शुक्रबार दिउँसोको क्याबिनेट बैठकमा पुनर्गठनको लागि आफू हतारमा नरहेको जनाउले पनि त्यसको पुष्टि गर्छ । बिहीबार बिहानको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्रीले वामदेवसँग छुट्टै कुराकानी गर्नुभएको थियो ।‘अरुले होइन, मैले हो नि राष्ट्रिय सभामा लैजान खोजेको, भन्ने सन्देश दिनका लागि उक्त भेट भएको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार