free website hit counter

वार्ता टोली गठन नगरे कठोर कदम चाल्ने चिकित्सक संघको अल्टिमेटम

beemaadmin
२०७७ आश्विन १८, आईतवार

काठमाडौं । डा. गोविन्द केसीको अलिनो आवाजलाई सरकारले नसुनेपछि नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ ।

७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ, संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि डा. गोविन्द केसी आमरण अनशन बसे पनि सरकारले उनको मागको विषयमा आइतबार २१ औं दिनसम्म चासो दिएको छैन । डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति हुन सक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथाशीघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्नुपर्ने संघले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार