free website hit counter

वार्षिकोत्सवमा आइएमई ट्राभलका यस्ता कार्यक्रम

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो १४औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजनासमेत सार्वजनिक गरेको छ ।

सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक एक रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोही अनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइनेछ ।

उक्त योजना यही फेब्रुअरी,  मार्च र अप्रिलभर लागु हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औं वार्षिकोत्सव लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो । आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो ।

उक्त्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे ।

नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

उक्त अबसरमा आइएमई ट्राभल्सले पर्यटन विकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार