free website hit counter

विकासमा जनसहभागिता बढाउँदै महालक्ष्मी नगरपालिका

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

धनकुटा । विकास, पूर्वाधार र नगरपालिकाका हरेक गतिविधिमा जनसहभागिता बढाउने उद्देश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाले टोल विकास संस्था गठन गरेको छ । सरकारी तथा गैरसरकारी सेवाहरुलाई प्रभावकारी बनाउन नगरपालिकाको अग्रसरतामा (प्रतिवडा घरधुरिअनुसार ६ देखि ९) ९ वटा वडामा ७२ वटा टोल विकास संस्था गठन गरिएको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालले बताए ।

वडाभन्दा तलका कामलाई प्रभावकारी बनाउन र एकीकृत रुपमा कार्य गर्ने प्रयोजका लागि गठन गरिएका टोल विकास संस्थालाई नगरपालिकाले चालू आवमा कार्यालय व्यवस्थापनदेखि लिएर योजना तर्जुमा गर्ने प्रयोजनका लागि एक/एक लाख बजेट विनियोजन समेत गरिएको बताइएको छ । सूचना अधिकारी नेपालकाअनुसार प्रत्येक टोल विकास संस्थामा ३३ प्रतिशत महिलासहित ११ सदस्यीय समिति रहेको र नगरपालिकामा विधिपूर्वक रुपमा दर्ता गरेर कार्य अघि बढाउने नगरपालिकाको योजना रहेको छ । यसैगरी ९ वटै वडामा उपभोक्ता समिति पनि गठन गरिसकिएको छ ।

वडाभित्रका योजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्य राखेर नगरपालिकाको अग्रसरतामा सम्बन्धित वडाका जनप्रतिनिधिको रोहबरमा गठन गरिएका समितिलाई अभिमुखिकरण तालिम समेत दिइसकिएको छ । ठेक्का प्रक्रियामा लगाउने बजेट र कार्यक्रमबाहेक उपभोक्ता समितिमार्फत् हुने अन्य कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि उपभोक्ता समिति गठन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शहदेव रायमाझीले बताएका छन् । रायमाझीकाअनुसार, उपभोक्ता समितिहरुले वडाको सिफारिशमा योजना सम्झौता गर्ने कार्य अगाडि बढाइसकेका छन् । जनसहभागिता बढाउने कार्यमा नगरपालिका द्रुत रुपमा अगाडि बढेको रायमाझीले बताए ।

यसैगरी नगरपालिकाका मेयर पर्शुराम नेपालले केही दिनअघि नगरपालिकाभित्रका नागरिकलाई सुविधा दिने उद्देश्यले १ करोड ८४ लाख लागत अनुमान गरिएको महालक्ष्मी सामुदायिक भवनको उद्घाटन गरेका थिए । त्यसैगरी नगरपालिकाको ६ र ७ नम्बर वडाको बीचमा पर्ने करिब ३ करोड लागतमा बनझाँक्री पार्क निर्माण र करिब डेढ करोड लागतको महालक्ष्मी मन्दिर निर्माण कार्य अगाडि बढाइएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार