काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएको छ । संस्थाले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि स्वीकृत माग गरेको हो । संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ । संस्थाको गत असार ३ गते बसेको १५ औं वार्षिक साधारण सभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो ।