free website hit counter

विज्ञ भन्छन्, अब यस्ताे हुनुपर्छ लकडाउन

beemaadmin
२०७७ जेष्ठ ५, सोमबार

पुरानो मोडेल :
.
संक्रमितहरु सीमाबाट निर्बाध रुपमा आइरहे, परिक्षणको दायरा अत्यन्तै साँगुरो भयो, पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए, कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो, क्वारेन्टाइन तथा परिक्षणको लापरबाहीले २ जनाको ज्यान गयो, लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो |
.
नयाँ मोडेल :
..
१. परिक्षणको दायरा तीब्र गतिमा होस् |
२. सिमानामा कडाइ होस् |
३. भारतसंग सिमाना भएका सबै जिल्लामा प्रति जिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना होस् |
४. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त सौचालय, प्राथमिक उपचारका सामान, एकजना स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था, अस्पतालसंग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, ब्यायाम, योग, ध्यान, प्रबचन आदिको ब्यबस्था होस् |
५. १५ दिन सकिन्छ भने देशभर कर्फ्यु वा बैकल्पिक रुपमा कर्फ्यु स्तरको लकडाउन होस् | यसो गर्दा संक्रमितमध्ये ८५ % लाई आफै निको हुन्छ, लक्षणदेखिए अस्पताल पुर्याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउंदैन |
६. मान्छेहरु मर्निंग वाक, इभिनिंग वाक, सपिंग आदि कामले बिहानबेलुका घर बाहिर निस्किरहेका छन् | तसर्थ बिहानबेलुका कर्फ्यु लगाएर दिउँसो १२-३ बजेसम्म पसल जान समय तोकियोस् | यसो गर्दा भीडभाड हुँदैन |
७. डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने | फलफुल तथा तरकारी स्थानीय पसलबाट खरिदबिक्रि गर्ने ब्यबस्था भएमा भीडभाड हुँदैन |
८. सडकमा ट्राफिक प्रहरी, भित्रि बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मिको गस्ती होस् | भिडभाड मुख्य सडकमा हुँदैन, भित्रि बस्तीमा हुन्छ |
९. अत्यावश्यक काम परेर घर बाहिर जाँदा सहि तरिकाले मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने तथा ३ जनाभन्दा धेरैजना संगै हिड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको ब्यबस्था होस् |
१०. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, बिभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् | साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस |
.
यसो गर्यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ | पुरानो मोडेल अनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार