free website hit counter

वित्तीय जागरण अभियानमा मुक्तिनाथ

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । आम नागरिकमा वित्तीय जागरण ल्याउने अभियान स्वरु  मुक्तिनाथ विकास बैंकले यही माघ १५ गतेबाट धादिङ जिल्लाबाट शुरुवात गरेको छ ।

मुक्तिनाथ विकास बैंकले ‘आजको आवश्यकता, सबैमा वित्तिय साक्षरता’ भन्ने आशय सहित समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने भएको छ ।

अभियान अन्तर्गत बैंकले धादिङको गल्छी गाँउपालिका– ९ बैरेनी स्थित गाउँपालिका भवनमा गरेको थियो । त्यसैगरी, बैंकले माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय धुनीवेशी ९ धार्केमा वित्तीय जागरण कार्यक्रम गरेको थियो । दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसँग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

सम्बन्धित समाचार