free website hit counter

विदेशमा खुल्ला त नेपाली बीमकको शाखा

beemaadmin
२०७९ फाल्गुन २२, सोमबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरुलाई विदेशमा शाखा खोल्न दिने तयारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको पूँजी बढ्दै भएको भन्दै बीमा नियमावली २०७९ मा बीमा कम्पनीहरुलाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गर्न लागेको हो । बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त विषयलाई समेट्नु पर्ने बताएका हुन् । बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा के कस्ता व्यवस्था हुन आवश्यक छ, त्यस सम्बन्धी सुझावको अपेक्षा गरिएको छ । बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ, अध्यक्ष सिलवाल भने, नेपाली बीमा कम्पनीहरूको पूँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्नुहुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ । अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी समेत दिए ।
यस्तै पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा पनि नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्छ उनको भनाइ छ । वर्षौंदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्छ, उनले भने, बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्छ । खाइपाई आएको सुविधा घटाउन नपाइने कानूनी व्यवस्था छ, त्यसलाई ध्यान दिनुपर्छ ।

सम्बन्धित समाचार