free website hit counter

विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने यस्तो छ तयारी

beemaadmin
२०७७ जेष्ठ २०, मंगलवार

काठमाडौं । देशमा रोजीरोटी नभेटेपछि विदेशी भूमिमा पसिना बगाउन पुगेका लाखौं युवा अहिले मातृभूमि र सरकारको पर्खाइमा छन् । उनीहरु उद्दारका लागि सरकारसँग हारगुहार गरिरहेका छन् । त्यस्ता युवाको संख्या झण्डै १० लाख रहेको अनुमान गरिएको छ । विदेशमा समस्यामा परेका नेपाली श्रमिक, विद्यार्थी र अन्य नागरिकलाई स्वदेश फर्काउन दैनिक १० वटासम्म उडान व्यवस्थापन गर्न लागिएको छ । त्यसो हुँदा कम्तिमा दिनमा २५ सय नागरिक विदेशबाट काठमाडौं उत्रिनेछन् । संसदमा उद्योग वाणिज्य आपूर्ति तथा श्रम तथा रोजगार समिति बैठकमा सरकारले यस्तो आँकडा पेश गरेको हो । समितिले तत्कालै नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया थाल्न र विभिन्न देशका विमानलाई नेपाली नागरिक ल्याउनका लागि उडान अनुमति दिन सरकारलाई निर्देश गरेको छ । जुन ८ देखि १० भित्रमा चार्टर उडान शुरु हुने समितिमा सरकारले जानकारी दिएको छ । सरकारले तत्कालै कति नेपालीलाई विदेशबाट उद्धार गर्नुपर्ने भन्ने तथ्यांक संकलन गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार