काठमाडौं । नेपाल प्रहरीले विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बीमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने ६ जनालाई पक्राउ गरको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङलाई पक्राउन गरेको हो । उनीहरुले विदेशमा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई बीमा वापतको रकम उपलब्ध गराउँछु भन्दै बीमा दाबी रकमको आधा भन्दा बढी रकम लिने गरेको प्रहरीले जनाएको छ ।