काठमाडौं । विभिन्न सिलसिलमा नेपालमा अड्किएका विदेशी नागरिक धमाधम फिर्ता भइरहेका छन् । विश्वमा सबैतिर कोरोनाको आतंक छाएपछि नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै विदेशी नागरिक विलखबन्धमा पर्दै आएका थिए । तर चार्टर विमानबाट आफ्ना नागरिक फिर्ता लान पाउने भएपछि धामाधम विदेशी नागरिक फिर्ता हुनेक्रम जारी छ । नेपाले अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध लब्याउँदै जाने र लकडाउन पनि थप्दै जान थालेपछि विदेशी नागरिक चार्डर विमानमार्फत स्वदेश फिर्ता हुन थालेका हुन् । बेलायती वायुृसेवा कम्पनी टीटान एयरवेजको जहाजबाट २५२ जना नागरिक बोकेर उडेको छ । सो जहाज कतारमा इन्धन भरेर लण्डनतर्फ लाग्ने छ ।
बुधबार नै जर्मनीले समेत कतार एयरवेजबाट थप नागरिक फिर्ता लगेको छ । जर्मनीले चार्टर्ड गरेको यो जहाजमा २ सय ८२ यात्रु, २ नाबालक नेपालबाट उडेका छन् ।
उनीहरु धेरैजसो जर्मन नागरिक र केही यूरोपेली यूनियनभित्रका नागरिक रहेको समेत बताइएको छ । टिकटको मूल्य यात्रु आफैंले आफैले तिर्नेगरी चार्टर्ड उडानको व्यवस्थापन गरिरहेका छन् । क्यानडाले भने ११ अप्रिलमा आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने भएको छ । त्यसका लागि चार्टर्ड उडानको तयारी गरिएको छ ।