free website hit counter

विदेशी विद्यार्थीका लागि कठोर बन्यो अष्ट्रेलिया

beemaadmin
२०८१ बैशाख १५, शनिबार

काठमाण्डौ । नेपाली विद्यार्थीको आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा विदेशी विद्यार्थीका लागि थप कडाई गर्दै नयाँ व्यवस्था गरेको छ । अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट टीआर भिसा आवेदन दिने उमेर हद र समयावधिमा ठूलो परिवर्तन गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब अष्ट्रेलियामा अध्ययन सकेका ३५ वर्ष उमेर कटेका विदेशी विद्यार्थीले टीआर भिसाका लागि आवेदन दिन नपाउने भएका छन् । यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउने व्यवस्था थियो । यस्तै स्नातकोत्तर पढेका विद्यार्थीको टीआर समेत घटाइएको छ । यसअघि विद्यार्थीले ३ वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर २ वर्षमा झारिएको छ । यो नयाँ व्यवस्था आगामी जुलाई १ देखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार विद्यार्थीले अस्थायी आवास अनुमतिका लागि आफूले पढेको विषय वा हासिल गरेको सीप अस्ट्रेलियाको मध्यम र रणनीतिक सीपको सूचीमा सूचीकृत भएको हुनुपर्नेछ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार