free website hit counter

विद्यार्थीबीच वित्तीय साक्षरता बढाउँदै मेगा बैंक

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

धरान । सामाजिक उत्तरदायित्वका काममा अग्रणी स्थामान रहेको मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाएका थिए । वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार