free website hit counter

विद्युतको विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

beemaadmin
२०८१ श्रावण २, बुधबार

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटवार्तामा आज प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समस्या समाधान नहुने भएकाले चाडै नै यो विवादको अन्त्य गर्नतर्फ अग्रसर हुने बताए । डेडिकेटेड र ट्रंक लाइनसँग सम्बन्धित विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित छानबिन आयोग ०७२ माघअघि र ०७५ वैशाख पछिको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल लिन नमिल्ने र त्यसबीचको भने भुक्तानी गर्न सिफारिस गरेको थियो । डेडिकेटेड र ट्रंक लाइनको भुक्तानी नगरेको भन्द्रै प्राधिकरणले हाल ६ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स प्रालि, हुसाल स्टिल र जगदम्बा स्टिलको लाइन काटेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार