free website hit counter

विद्युत नियमन आयोगले जारी गर्यो ग्रिड कोड

beemaadmin
२०८० भाद्र ९, शनिबार

काठमाडौं । जलविद्युत क्षेत्रको नियमनकारी निकाय विद्युत नियमन आयोगले सरोकारवालाहरुसँगको पटकको छलफल, राय तथा प्रतिक्रिया पश्चात् ग्रिड संहिता तयार गरि लागू गरेको छ । ग्रिड संहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतीय ग्रिड संहिता २०८० को दफा २।३, २।१ अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटी गठन गरी अध्यक्ष, सदस्य सचिव र सदस्यहरू तोक्नका लागि आयोगका सदस्य गौतम डंगोलको अध्यक्षतामा उक्त कमिटीलाई पूर्णता दिनका लागि कार्यभार तोकिएको छ ।
आयोगका अनुसार विद्युत प्रसारण र वितरणमा ग्रिड कोडको महत्वपूर्ण स्थान रहेको हुन्छ । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहका अनुसार एउटा देशमा एउटा मात्र राष्ट्रिय ग्रिड रहेको हुन्छ । विद्युत नियमन आयोगले लामो गृहकार्य पछि ग्रिड संहिता तयार गरेको उनको भनाइ छ । ग्रिड संहिता तयार गर्ने क्रममा आयोगले विभिन्न सरोकारवाला, विषय विज्ञ र सेवा प्रदायक संस्थाहरुसंग पटक पटक प्रत्यक्ष छलफल गरी सरोकारवालाहरुबाट राय प्रतिक्रिया माग गरि अन्तिम रूप दिन कार्याशाला गोष्ठी आयोजना गरेको उनको भनाइ छ । उनले विद्युतीय ग्रिड संहिताको देश भित्र विद्युत उत्पादन बढेको तथा दक्षिण एशियाली क्षेत्रमा विद्युत व्यापार गर्नु पर्ने सन्दर्भमा अझ बढी महत्व हुने बताए ।
विद्युतीय शक्ति प्रसारणमा विद्युतीय ग्रिड संहिताको उचित व्यवस्थापनबाट नै उत्पादित विद्युत शक्ति उपभोक्ता समझ सुरक्षित र भरपर्दो तरिकाबाट पुर्याउन सकिने उनले बताए । विद्युतीय शक्तिको उतार चढावबाट हुने दुर्घटना जस्ता घटनाहरुको व्यवस्थापन ग्रिड संहिताको व्यवस्थापनबाट नै गर्न सकिने उनको भनाइ छ । सो कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति वहादुर वस्नेतले यस्ता खालका संहिता वा मापदण्ड निर्माण गरि विद्युतको माग र आपूर्तीलाई गुणस्तरयुक्त बनाउनु पर्ने बताए ।
हालै लागू भएको विद्युतीय ग्रिड संहिताले विद्युतीय प्रवाह सम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्न, विद्युतीय ग्रिडको सन्तुलन कायम राख्न र सीमा भित्र र सीमा बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ । यसले प्रसारण प्रणालीको योजना सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ । अन्तरदेशीय विद्युत व्यापार र क्षेत्रीय अन्तरसम्बन्धको बढ्दो सम्भावनाका साथै राष्ट्रिय र क्षेत्रीय ग्रिड प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न यस संहिताको अझ वढि महत्व छ । यो नेपालको ग्रिड प्रणालीको जडान, संचालन, मर्मत सम्भार र विकासका लागि दिशा निर्देश, प्रकृया, जिम्मेवारी मापदण्ड र दायित्वहरु स्थापित गर्ने विस्तृत दस्तावेज हो । ग्रिडको स्वमित्व रहेको संस्था, प्रणाली संचालक, ग्रिड प्रयोगकर्ताहरुको बीचको सीमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोग गर्ने सुविधाहरुको सञ्चालनको लागि कार्यविधिहरु स्थापना गर्न ग्रिड संहिताको विकास गरिएको छ । यसले ग्रिड प्रणालीको विकास एवम् सुरक्षाको लागि आधारभूत नियम र मापदण्डहरु तोकेको छ। जुन सार्वजनिक र वातावरण सुरक्षाको लागि अत्यावश्यक छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार