free website hit counter

विद्रोहीमाथि काँग्रेसमा छुरा

beemaadmin
२०७७ श्रावण ११, आईतवार

काठमाडौं। नेपाली काँग्रेसले आफ्ना तीन नेतालाई पाँच वर्षका लागि अनुशासनको कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, रामबहादुर बिस्ट, पुष्करनाथ ओझा रहेका छन् । काँग्रेस अनुशासन समितिको शनिबार बसेको बैठकले नेता जोशीलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहेन गरि निष्कासित गरेको नेपाली काँग्रेसले जनाएको छ।
२०७४ को आम निर्वाचनमा तनहुँका नेता जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेदवारी दिएका थिए। जसका कारण पौडेल पराजित बन्न पुगेका थिए।

जोशीले पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विद्रोही भएको भन्दै कारबाही गरिएको हो। यस्तै भिष्मराज आङदाम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका पार्टी सचिब रामबहादुर बिस्टलाई पनि तीन वर्षका लागि पार्टीबाट निस्कासन गगरेको छ।
यस्तै कैलालीका नेता पुष्करनाथ ओझालाई पनि पाँच वर्षका लागि पार्टीबाट निस्कासित गरिएको काँग्रेसले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार