free website hit counter

विधि, विधान, इमान केही नभएको पनि सरकार हुन्छ ?

beemaadmin
२०७७ पुष ४, शनिबार
स्वास्थ्यसामग्री खरिदमा अनियमितता भएको संसदीय समितिको ठहरपछि स्वास्थ्यमन्त्रीले आफू खरिदमा संलग्न नभएको र सबै खरीद तत्कालीन स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको नेतृत्वमा भएको बयान दिएछन् !
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्तको प्रत्यक्ष दबाबमा विभागले पहिलेको बोलपत्र रद्द गरेर ओम्नीलाई रातारात ठेक्का दिएको जगजाहेर छ । भोलिपल्टै प्रधानमन्त्रीले ओम्नीको ठेक्कामा कुनै गड़बड़ी नभएको बयान दिएका थिए र पर्यटनमन्त्री योगेश भट्टराई एउटा निजी व्यापारिक उड़ानका लागि आफै जमानत बसेका थिए । पैसै नतिरी ओम्नीले निगमको जहाज प्रयोग गर्यो । खेल त्यस हदसम्मको थियो ।
जब ओम्नीसँग खरिद गरिएका सामान गुणस्तरहीन भएको हल्ला भयो, तिनै महानिर्देशक श्रेष्ठ थिए, जसले सार्वजनिक रूपमा ओम्नीले बदमासी गरेको स्वीकार गर्दै टेलिभिजनको सरकारी ब्रिफिङमैं ओम्नीको ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय सुनाएका थिए । अब खुला प्रतिष्पर्धामार्फ़त स्वास्थ्य सामग्री खरिद गर्ने विभागको निर्णय उनले सुनाएका थिए ।
तर ईश्वर पोखरेलले एक रातमैं खेलको नियम फेरिदिए । विभागको निर्णय भोलिपल्टै उल्टियो र सेनामार्फ़त् खरिद गर्ने निर्णय भयो । तर तिनै निर्देशक थिए जसको बलमा यसअघि निर्णय भइसकेकाले कम्तिमा २०% भए पनि खुला प्रतिष्पर्धामार्फ़त किन्ने र ८०% खरिद सेनामार्फ़त गरिने भयो ।
अचम्म के भयो भने एउटै समयमा निर्णय भएको खुला ठेक्का र सेनामार्फ़त् किनिएका सामानको मूल्यमा आकाशज़मीनको फरक देखियो । ओम्नी र सेनामार्फ़त आएका सामान उही थिए । विभागले १५ रुपियाँमा ल्याएको सर्जिकल मास्कलाई सेनामार्फ़त ५२ रुपियाँ तिरिएको थियो । ३६ करोड़ रुपियाँ त यही मास्कमा मात्रै चलखेल भएको देखिन्छ । विभागले ४२ रुपियाँ हालेको जुत्ता कभरलाई सेना र ओम्नीले २५० भन्दा बढ़ी मूल्य देखाएका छन् । ओम्नीले ७ डलर देखाएको एन-95 मास्कलाई श्रेष्ठले २ डलरमा खरिद गरेका थिए । पछि सेनाले आफूलाई प्रयोग मात्रै गरिएको बुझेपछि यो प्रक्रियाबाट असन्तुष्ट हुँदै हात झिकेको त पढ्नुभएकै होला ।
खुला प्रतिष्पर्धा मार्फ़त नेपाली व्यापारीबाट विभागले खरिद गरेको सामग्री सेना र ओम्नीभन्दा धेरै सस्तो देखिएपछि थप सामग्री त्यहीँबाट किन्नुपर्ने थियो । तर, त्यस्तो भएन । ओम्नीलाई कारबाही गर्ने घोषणा गरेका श्रेष्ठलाई उल्टो कारबाही भयो र त्यस्तो महामारीका बीच पनि उनलाई विभागबाटै हटाइयो ।
ओम्नीको पहुँच र सम्बन्ध कोसँग छ भन्ने जगजाहेर छ । ककस्ले त्यसको बचाउ गरेका थिए भन्ने पनि प्रष्ट छ । खरिदसँग कुनै सोझो सम्बन्ध नै नभएका शङ्कर पोखरेलले ओम्नीको बचाउ गर्दै त्यसभन्दा सस्तोमा सामान ल्याएर देखाउन चुनौती नै दिएका थिए । सरकारकै विभागले आधाभन्दा सस्तोमा सामान ल्याएपछि उनको प्रतिक्रिया सुनिएन ।
अहिले आएर त त्यही श्रेष्ठलाई देखाएर भानुभक्त ढकालले आफ्नो कुनै संलग्नता नभएको बयान दिएछन् । जसले ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने घोषणा गर्यो त्यसैलाई देखाएर आफू चोखिने बयान दिँदा अलिकति लाज त लाग्नुपर्ने हो ।
विधि, विधान, लाज, निष्ठा, इमान केही पनि नभएको पनि सरकार हुन्छ र ?
 – फेसबुकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार