free website hit counter

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

beemaadmin
२०८२ बैशाख ७, आईतवार

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२।५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले जनाएको छ। जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको २।५० कित्ता शेयर सोही २ हजार १२९ आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको छ। यस अनुसार २ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने एक जनाले १०।५० कित्ता प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार