free website hit counter

विपत्ति र शोकबीच एकताको सन्देश बोकेको दसैँ 

beemaadmin
२०८३ कार्तिक ५, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेको छ।

विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै रास्वपाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

Advertisement
Advertisement

सन्देशमा यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। विपत्तिका कारण हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको अवस्थाप्रति पनि दुःख व्यक्त गरिएको छ।

Advertisement
Advertisement

सङ्कटको यस संवेदनशील परिस्थितिमा विजयादशमीले सकारात्मक ऊर्जाको सञ्चार गर्दै नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्ने विश्वास रास्वपाले व्यक्त गरेको छ।

नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामनासमेत सन्देशमा गरिएको छ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको विजयादशमीले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास रास्वपाले व्यक्त गरेको छ।

सकारात्मक ऊर्जा, आशा र एकताका साथ दसैँ मनाउन आह्वान गर्दै पार्टीले सम्पूर्ण नेपालीमा बडादसैँको शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित समाचार