free website hit counter

विप्लवको डरले राजधानीमा सुरक्षा एलर्ट

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित विप्लव समूह बढ्दो चहलपहलका कारण भीभीआईपीको सुरक्षामा सरकारले विशेष ध्यान दिएको छ । अहिले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गृह मन्त्रालयको निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरुमा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।

बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि गृहमन्त्री राम बहादुर थापाले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरी स्रोतले उल्लेख गरेको छ ।

ललिता निवास प्रकरणमा मुछिएका भूमाफिया शोभाकान्त ढकालको घरमा विप्लव समूहले माघ १ गते बम विस्फोट गराएकै दिन ललिता निवास परिसरमै कुकर बम विस्फोट भएपछि सरकारले सुरक्षमा विशेष चासो बढाएको हो ।
ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य टार्गेट मा राखेको घोषणा गरेको छ । ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।

विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, रामकुमार सुवेदीहरुको नाम समावेश गरिएको थियो ।

सम्बन्धित समाचार