free website hit counter

विमानस्थलका कर्मचारी बैंकबाट रंगेहात

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

बुटवल । सेवाग्राहीसँग घुस लिएको आरोपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको कार्यालय प्रमुख डा। भीष्म भुसालले जानकारी दिए । सेवाग्राहीसँग घुस लेनदेन गर्न यादवद्वय सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको डा। भुसालले बताए । पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान हुने भुसालले जनाए ।

सम्बन्धित समाचार