free website hit counter

विश्व स्वास्थ्य संगठनको जाेखिम सूचिमा नेपाल

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

 

एजेन्सी । चीनबाट शुरु भएको कोरोनाको आतंकले विश्वलाई आतंकित बताइरहेको बेला सँगैको छिमेकी मुलुक नेपाल कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा परेको छ । बिहिबार विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोना भाईरसको उच्च जोखिम भएको देशमा नेपाल परेको हो । विश्व स्वास्थ्य संगठनको बिहिबार बसेको बैठकले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा राखेको हो । यसअघि चीनलाई मात्र संगठनले उच्च जोखिम भएको  देशमा राखेको थियो । नेपाल सहित भारत, पाकिस्तान, श्रिलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकमा उच्च जोखिम भएको राष्ट्रको सूचीमा परेको छ । नेपालमा १ जनामा बाहेक अहिलेसम्म कसैमा पनि यो भाईरस देखिएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार