free website hit counter

वैदेशिक रोजगार बीमामा सन नेपालको दबदबा

beemaadmin
२०८१ श्रावण २४, बिहीबार

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारमा ३ कम्पनीको दबदबा देखिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारको करिब ६० प्रतिशत हिस्सा ३ कम्पनीले ओगटेका छन् । गत आवमा उक्त बीमाअन्तर्गत ३ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । जसको ५८.१२ प्रतिशत हिस्सा सन नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफले कब्जा गरेका छन् । गत आवमा नेपालमा १० बीमा कम्पनीले उक्त बीमालेख बिक्री गर्दै आएका थिए । जसमध्ये ७ कम्पनीले बाँकी ४१ प्रतिशत बजारमा प्रतिस्पर्धा गर्नुपरेको हो । सन् नेपाल लाइफले मात्रै ८४ करोड ३० लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट आर्जन गरेको छ । उक्त रकम वैदेशिक रोजगार बीमा बजारको २७ प्रतिशत हो । यसैगरी, नेपाल लाइफले ६२ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन करिब २० प्रतिशत हो । यस्तै, आइएमई लाइफले ३५ करोड ३५ लाख रुपैयाँ र एशियन लाइफले ३० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यता सबैभन्दा कम व्यपार प्रभु महालक्ष्मी लाइफले गरेको छ । यस पोलिसिअन्तर्गत प्रभु महालक्ष्मीले जम्मा १८ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ । चालु आवमा भने प्रभु महालक्ष्मीले यस बीमालेख बिक्री नगर्ने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार