free website hit counter

व्यतित बीमालेख नविकरणमा ब्याज छुट

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको योजना सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ वैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा वैशाख २५ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ । निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० वा ३ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार