free website hit counter

व्यतित बीमालेख नविकरण गर्दा छुट पाइने

beemaadmin
२०८१ कार्तिक २५, आईतवार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा आज कात्तिक २५ गतेबाट कात्तिक ३० गतेसम्म ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। यस कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा आजसम्म पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ। पाँच वर्ष ननाघेको बीमालेखमा ५० प्रतिशत, पाँच वर्ष नाघिसकेकालाई ३५ प्रतिशत छुट दिने जनाएको छ । यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ। २०८२ कात्तिक २५ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार