free website hit counter

व्यवसाय प्रवर्धनमा नबिल बैंकको सक्रियता

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

भक्तपुर । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा भक्तपुर जील्लाको उद्योग तथा व्यवसाय प्रवर्धनका लागि विशेष अन्तरकृया भएको छ । वाणिज्य संघको कार्यालयमा भएको अन्तरकृया कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ बीच बैंक र संघका सदस्यहरुलाई, व्यवसाय प्रवर्धन तथा बैकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ ।

सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले जवाफ समेत दिएका थिए । यस सम्झौतासँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने शाहले जानकारी गराए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धन गर्न बैंकको साथ पाउदा निकै खुशी लागेको बताए । उनले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा बैंकलाई धन्यबाद दिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार