free website hit counter

व्यवस्थापनमा कठिनाई भन्दै उद्धार उडान रोकियो

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । विदेशबाट उद्दार गरी ल्याइएकालाई व्यवस्थापन गर्न कठिनाई हुने देखिएपछि सरकारले प्रतिदिन ५०० नेपाली श्रमिकको उद्दार गर्ने योजना स्थगित गरेको बताइउको छ । फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको हो ।

विदेशबाट दैनिक ५ सयको संख्या नबढाइ उद्धार उडानबाट नेपाली ल्याउने निर्णय गरे पनि ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको बताइएको छ ।

पछिल्ला दिनमा संक्रमित बढेसँगै विभिन्न जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन र सिल नै गरिएपछि विदेशबाट ल्याइएको व्यवस्थापनमा समस्या हुने सरकारको विश्लेषण छ । कोभिड–१९ महामारीका कारण सोमबारदेखि नै पाँचौं चरणको उद्धार उडान सुरू भएको एक दिन नहुँदै उडान स्थगित गरिएको हो । सोमबार हिमालय एयरलाइन्सले मलेसियाबाट र फ्लाई दुवइको उडानबाट गरी ३१८ जना नेपाली स्वदेश फर्किएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार