free website hit counter

व्यापारी रुपज्योति विमानस्थलबाट पक्राउ

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौँ । पूर्व अर्थ सहायक मन्त्री तथा व्यापारी रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको छ ।
ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले स्वीकृति दिएपछि उनी पक्राउ परेका हुन् । सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिएपछि उनलाई पक्राउ गर्न बाटो खुलेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो । विदेशमा रहेका उलाई स्वदेश फर्किन क्रममा पक्राउ गरिएको हो ।
हाउजिङका नाममा सर्वसाधारणलाई २ करोड ७० लाख ठगी गरेको आरोपमा व्यापारी रुपज्योतीलाई नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका ४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्लले पूरक जाहेरी दिएपछि प्रहरीले रूपज्योतिलाई नियन्त्रणमा लिएको हो । ल्यान्डमार्क डेभलपर्स प्रालिले काठमाडौंको बाँसबारीथिस्त बनाएको हाउजिङका घरका नाममा २ करोड ७० लाख ठगी गरेको भन्दै मल्लले ज्योतिसहित कम्पनी संचालक र सेयर धनीलगायत १० जना विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते रूपज्योति लगायत १० जनालाई पक्राउ गर्न पक्राउपूर्जी जारी गरेको थियो, तर व्यापारी रुपज्योतीले २०७५ मंसिर २३ गते जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका विरुद्ध सर्वोच्च अदालतमा निषेधाज्ञा रिट दायर गरेका थिए ।

ठगी मुद्दामा म्याद थप
हाउजिङको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व सहायक अर्थमन्त्री रुप ज्योति र उनकी छोरी सुरुचीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको अनुसन्धान म्याद लिएको छ। सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले शुक्रबार सोही मुद्दामा छोरी सूरुचीलाई पनि पक्राउ गरेको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार