free website hit counter

व्यापार घाटामा गएपछि बाँच्नु अर्थ नदेख्ने त्यो परिवार….

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौँ । त्रिशुली नदीमा हाम्फाले पनि आफूमात्रै बाँच्न सफल भएका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला परेको बताएका छन् ।
धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट बिहीबार साँझ काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदीमा हाम्फालेका हुन् ।
घरबाट फेला परेको सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि यो निर्णयमा पुगेको प्रहरीले पत्तो लगाएको छ । विनय स्थानीय सरकारी स्कुलमा अध्यापन गराउँथे । विनयले घरमा फेला परेको सुसाइड नोटमा लेखिएको छ– कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।
पुलबाट मान्छे हाम्फालेको देखेपछि स्थानीयहरु तत्कालै उद्दारको लागि खटिए । विनयलाई जीवितै उद्दार गर्न सफल हुन्छ । तर, श्रीमती जमूनाको भने मृत्यु हुन्छ । हालसम्म पनि दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको खोजी भइरहेको छ ।
जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

सम्बन्धित समाचार