free website hit counter

शव व्यवस्थापन कोरोनाभन्दा ठूलो समस्या नबनोस् !

beemaadmin
२०७७ जेष्ठ १०, शनिबार

काठमाडाैं । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाकला लागि ठूलो चुनौती बन्ने सम्भावना छ । सरकारले यस विषयमा बेलैमा ध्यान पुर्याउन सक्नुपर्छ । धुलिखेल अस्पतालमा मृत्युवरण गरेकी ३० वर्षीया सुत्केरीको शव व्यवस्थापनमा देखिएको अन्योल, भक्तपुरबाट स्वयंसेवीहरु पुगेर गर्नुपरेको अन्तिम संस्कार, गुल्मीका शिक्षकको शव ३१ घण्टासम्म उठ्न नसक्नु र बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालको आइसुलेसनमा मृत्यु भएका ३४ वर्षीय व्यक्तिको शव डोजरको सहायताले खोला किनारामा गाडिनुले कोरोनाविरुद्धको नेपालको पूर्व तयारी कस्तो छ भन्ने स्पष्ट पारेको छ ।
रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित शिक्षकको शव परिवारको असन्तुष्टिबीच जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शव निकालेर बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो । मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो । पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पतालसमेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको थियो ।
क्वारेन्टाइनको पूर्वाधार नभएको सबैतिरबाट गुनासो आइरहेको छ । क्वारेन्टाइन नै कोरोना संक्रमणको अखडा बन्न थालेको छ । पूर्व तयारीका ठूला कुरा गरे पनि शव व्यवस्थापनमा समेत सरकार असफल भएको छ । कोरोनाबाटै कोही नमरुन् भन्ने पहिलो उद्देश्य हुनुपर्छ । तर कोही व्यक्ति मरिहाले पनि उसको शव व्यवस्थापन सहज ढंगले हुने व्यवस्था मिलाउन सरकार चुकेको छ । गुल्मीका शिक्षकको उपचारमै चरम लापहरबाही गरेको आरोप सत्यता नजिक रहेका समाचारहरु आइरहेका छन् । कोही पनि व्यक्ति कोरोना संक्रमित हुनु उसको अपराध होइन । तर राज्यले उचित उपचारको प्रबन्ध मिलाउनुपर्छ । एउटा विरामी छट्पटाइरहँदा उल्टै झ्याल ढोका बन्द गरेर मृत घोषणा गरिनु कतिसम्मको अमानवीय व्यवहार होला ?

 

यस्तो छ शव व्यवस्थापनको कार्यविधि

कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शवको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेतापनि शव सदगतको क्रममा देहाय बमोजिम सावधानी अपानाई शव व्यवस्थापन गर्ने कार्य गरिने छ।
(क) शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीई को प्रयोग गर्नुपर्दछ।

९ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्दछ।

९ग) कोभिड(१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नुहुँदैन।

९घ) शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नुपर्दछ।

(ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ।

(च) शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ।

(छ) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।

(ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।

(झ) शवलाई डिस्इन्फेक्ट गर्नु आवश्यक छैन।

(ञ) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ।

(ट) शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्नेछैन।

(ठ) ६० वर्ष माथिका व्यक्तिहरू र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।

(ड) सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरू गर्न सकिनेछ।

(ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोईकन कम्तिमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।

(ण) कोभिड(१९ ले मृत्यु भएको ब्यक्तिको सामान्यता पोष्टमार्टम गर्नुपर्दैन। यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्दछ।

(त) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्दछ।

(थ) कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नुपर्दछ।

(द) पोष्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरू डिस्इन्फेक्ट गर्नुपर्दछ।

(ध) क्लिनिकल वेष्टहरूको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ।

सम्बन्धित समाचार