काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेको छ। बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ रहेको छ।
बैंकले ६ प्रतिशतका दरले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, १० प्रतिशत नगद लाभांशबापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।
बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा