free website hit counter

शान्तिपूर्ण र मलिन आवाज सरकारले सुनेन, चिकित्सक संघले गर्यो यस्तो घोषणा

beemaadmin
२०७७ आश्विन २४, शनिबार

काठमाडौं । मलिन र शान्तिपूर्ण आवाज सुन्ने बानी नपरेको सरकारले फेरि चिकित्सा क्षेत्रलाई धरासायी बनाउने भएको छ । नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड १९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड १९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो । २५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।

डा केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् ।

तर सहमति जुट्न सकेको छैन । शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड १९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा केसीलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार