free website hit counter

शिक्षा भट्टचनले दिइन् प्रभु महालक्ष्मी लाइफको अध्यक्षबाट राजीनामा

beemaadmin
२०८२ पुष ९, बुधबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले राजीनामा दिएकी छिन्। प्रभु बैंक प्रकरणमा नाम मुछिएपछि प्रभु म्यानेजमेन्टका अध्यक्ष देवी प्रकाश भट्टचनको छोरी शिक्षाले राजीनामा दिएकी हुन्। भट्टचनले आफ्नो व्यक्तिगत समस्या देखाउँदै राजीनामा बुझाएकी हुन्। कम्पनीको हिजो अर्थात पुस ७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । यता, प्रभु बैंकमा भएको कर्जा अपचलनको प्रकरणले बैंकको सिङ्गो व्यवस्थापन नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको फन्दामा पर्ने जोखिम बढिरहेको छ । यसै क्रममा बैंकसहित प्रभु ग्रुप अन्तर्गतका विभिन्न कम्पनीका कर्मचारी सीआईबीको निगरानीमा छन् । जसमा प्रभु महालक्ष्मी इन्स्योरेन्सकी अध्यक्ष भट्टचन समेत रहेको विषय बाहिरिएपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।

सम्बन्धित समाचार