free website hit counter

शिखरले ल्याए छरितो स्वास्थ्य योजना

beemaadmin
२०८२ कार्तिक १७, सोमबार

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा र निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ । ५ देखि ६५ वर्ष उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै तयार गरिएको यस योजनाले हस्पिटल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण र दुर्घटना उपचारसम्मका सुविधा उपलब्ध गराउँछ । बीमांकको विकल्प २ लाख, ३ लाख र ६ लाख रुपैयाँ रहेको छ भने प्रारम्भिक प्रिमियम मात्र १ हजार ३९९ बाट सुरु हुन्छ । यसअन्तर्गत बीमितले नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिमबर्समेन्ट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालमा क्यासलेस उपचार सुविधा पनि उपलब्ध हुनेछ, जसले आकस्मिक स्वास्थ्य अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ । योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ कन्सल्टेसन सेवासमेत समावेश गरिएको छ, जसले बीमितलाई घरमै स्वास्थ्य सल्लाह लिन सहज बनाउँछ । ईसेवा एपमार्फत केही मिनेटमै ग्राहकले बीमा पोलिसी एसएमएस र इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार