free website hit counter

शिखर इन्स्योरेन्सको नाफा बढ्यो

beemaadmin
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्समा कुल २९ हजार २३५ जनाबाट कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी परेको छ। जसमध्ये कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १५ पैसा बढेर १५ रुपैयाँ १९ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५।६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ। २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार